एक फेर त पढ्नुहोस्

पढ्न जानेर पनि मलाई पढ्नै आउँदैन भनी एक फेर पनि नपढिकन जीवनको मूल्यवान् कुरालाई गुमाइहाल्छन्। संसारमा सबैभन्दा धेरै भाषामा पाइने, पढिने पुस्तक पवित्र बाइबल हो। संसारमा सर्वाधिक बिक्री–वितरण हुने पुस्तक हो। यो स्वर्गको संविधान हो। यसले मानिसको हृदय कस्तो हुँदोरहेछ, सो स्पष्ट देखाइदिन्छ। यसलाई पढेर विश्वास गर्नाले मानिसको पापपूर्ण हृदय पूर्ण परिवर्तन हुन्छ।

यस पवित्र शास्त्रमा कुनै मानव–निर्मित धर्मकर्मको प्रचार गरी कसैको स्वेच्छापूर्वक मान्ने धर्मकर्महरूलाई खलल पार्ने वा राजनीतिहरूमा लसपस हुने, देशद्रोह वा राजद्रोह आदिमा मुछिने कुरा यसमा बिलकुलै छैन। परमेश्वर पवित्र हुनुहुन्छ, उहाँको राज्य पनि पवित्र छ, स्वर्गमा जाने जोसुकै पनि पापको क्षमा पाएको हुनुपर्दछ। यस्तो मानिसमात्र पवित्र परमेश्वरको राज्यमा पुग्नेछ भनी लेखिएको छ। धर्म बदल्नु होइन, तर पाप स्वीकार गरी मन बदल्नु हो। नत्रभने स्वर्गमा पुग्नु त के कुरा, देख्न पनि सक्दैन भनी बाइबलले भन्दछ। परमेश्वरले पापलाई घृणा गर्नुहुन्छ तर आफ्नो पाप स्वीकार गर्नेलाई प्रेम गरी क्षमा गर्नुहुन्छ। यसकारण परमेश्वर प्रेमी हुनुहुन्छ। कुनै पनि पापी पापको क्षमा नपाई पापैमा मरी नरकमा गएको देख्न चाहनुहुन्न। (इजकिएल १८ः२३) यसर्थ पापीहरूलाई बचाउन ठीक समयमा येशू क्रूसमा पवित्र बलिदान हुनुभयो। (रोमी ५ः६) उहाँको पवित्र बलिदानको रगतले मात्र मानिसको जन्मैको पाप र स्वभावलाई धोई पवित्र पार्न सक्छ। येशू ख्रीष्ट हराएका पापीहरूलाई खोज्न र उद्धार गर्न आउनुभएको हो। उहाँ कुनै धर्म प्रचार गर्न वा स्थापना गर्न आउनुभएको होइन। परमेश्वर कसैको पेवा होइन। भिन्न–भिन्न जातिका भिन्न–भिन्न परमेश्वर होइन, तर परमेश्वर महापवित्र, सर्वशक्तिमान्, अन्तर्यामी र पापीलाई बचाउन सक्ने हुनैपर्छ। परमेश्वर पक्षपाती हुनुहुन्न। कुनै देशको जनसंख्याभन्दा पनि धेरै ईश्वरहरू हुन सक्दैनन्। पापीहरूले गरेका पूजाआजा, दानपूण्य, प्रार्थना परमेश्वरले सुन्नुहुन्न, ग्रहण गर्नुहुन्न। त्यसो भए परमेश्वर कस्तो प्रार्थना सुन्नुहुन्छ त? परमेश्वरले पापीहरूको पश्चात्तापी हृदयको प्रार्थना सुन्नुहुन्छ। यसर्थ ख्रीष्ट येशू धर्मीहरूलाई होइन तर पापीहरूलाई पवित्र बलिदानद्वारा बचाउन आउनुभएको हो। परमेश्वर कुनै भेष–भुषा, जात–भात, लिङ्ग, वर्ण देशादिको आधारित हुनुहुन्न। ईश्वरहरू हुन् भने बैकुण्ठमा लड़ाइँ, सुखविलास गर्ने, अनेक प्रकारका छलछाम र मादक पदार्थ, धुम्रपानआदिको सेवन गर्ने कपोलकल्पित ईश्वरहरू पनि हुनुहुँदैन। त्यस्ता कुरा त मानव समाजमा पनि अशोभनीय हुन्छ। घामलाई कसैले तेरो मेरो भन्न सकिँदैन। उहाँको आराधना–भक्ति गर्नु पनि कसैको करकापमा बिलकुलै हुँदैन। यो सांसारिक कानूनसित सम्बन्धित छैन र मेल पनि खाँदैन। यो स्वर्गको कानूनसँग सम्बन्धित छ। संसारको कानूनले संसारकै कुराको मात्र सम्बन्ध राख्दछ भने स्वर्गको कानूनले पनि स्वर्गकै कुराहरूको मात्र सम्बन्ध राख्छ। यो निर्वादित कुरो हो कि परमेश्वरको सेवा–भक्ति आत्मामा र सत्यतामा नै हुनुपर्छ। यो आत्मा र सत्यतामा सम्बन्धित छ, तर धर्मकर्ममा होइन। शरीरमा जिउनको लागि भोजन–वस्तुको आवश्यकता हुन्छ, सोही प्रकारले आत्मामा जिउनको लागि परमेश्वरको नितान्त आवश्यक पर्दछ। कसैले कुनै कुरा दिएर ईश्वरको सेवा–भक्ति गर भनी करकापले कदाचित सेवा–भक्ति हुँदैन। शुद्ध विवेक र आन्तरिक हृदयबाट निस्केको सेवा–भक्तिमात्र परमेश्वरको सेवा–भक्ति हुनुपर्छ। आफूले आफैलाई नठग्नुहोस्, परमेश्वर ठट्टा मनपराउनुहुन्न। परमेश्वर हिजोका सृष्टिकर्ता, आजको उद्धारकर्ता र भोलिको न्यायकर्ता हुनुहुन्छ। परमेश्वरको प्रेम पश्चात्तापी पापीको पाप क्षमा गर्नु र मानिसको परमधर्म साँचो सृष्टिकर्ता परमेश्वरलाई चिन्नु अनि उहाँको मात्र सेवा–भक्ति गर्नु हो। आत्मा र पवित्रतामा पुज्नेहरूको सेवा–भक्तिमात्र उहाँलाई ग्रहणयोग्य हुन्छ।

प्रिय मित्रहरू, सृष्टिकर्ता परमेश्वरको आज्ञा नमान्नु नै मौलिक पाप हो। यही पापले गर्दा नै पवित्र परमेश्वरदेखि अलग भएकाहरूचाहिँ पापी हुन्। किनकि पापको ज्याला मृत्यु हो। पापी हृदयबाट यी कुराहरू निरन्तर निस्किरहन्छन्। जस्तै: खराब विचार, व्यभिचार, चोरी, हत्या, वेश्यागमन, लोभ, दुष्टता, ठगी, लुच्याइँ, कुदृष्टि, निन्दा, घमण्ड, मूर्खतादि हृदयबाट निस्कन्छन् र मानिसलाई अशुद्ध पार्दछन्। हिउँसित खेल्दा ठिहिऱ्याउँछ, पानिसित खेले भिजिन्छ, आगोसँग खेले पोल्छ; त्यस्तै पापसित खेले नरकिय दण्ड पाइन्छ। जस्तै:– चोर, ज्यानमारा, घुसखोरीआदिलाई झ्यालखाना छन्, रोगीका लागि अस्पताल छन्, असल मानिसका लागि मान र इज्जत छन् र धर्मीका लागि स्वर्ग छ, तर पापीका लागि अवश्य नरक छ। प्रायः धेरैको भनाइ यो छ कि जताबाट भएर गए पनि सबै एकै ठाउँमा त पुगिन्छ नि भनी भ्रममा नपर्नुहोस्। किनभने उपर्युक्त कुराले पुष्टि गर्छन् कि धर्मी र अधर्मीको मृत्युपछि एकै ठाउँमा पुग्छन् भने के भिन्नता रह्यो? यस्तो हुन्छ भने परमेश्वर पक्षपाती हुनुभयो। परमेश्वरको पनि आवश्यक्ता नै परेन। जसलाई जे मन लाग्यो त्यही गरे पनि भयो। यसर्थ ज्योति र अन्धकार, आगो र पानी जसरी विपरित छन्, ठीक त्यस्तै धर्मी र अधर्मीको मृत्युपछि कदाचित् एकै ठाउँमा पुग्न सक्दैनन्। यस्तै एकै ठाउँमा पुग्छन् भनी सम्झेर पाप कर्म गरेको दण्ड तुरून्तै नपाएकोले नै मानिसहरूले साहससित अपराध गर्दछन्। तर यो कुरा जान्नुहोस् कि पश्चात्ताप नगर्नाले आफ्नो पापले आफ्नै विवेकलाई सधैं सताइरहन्छ र एक दिन आफ्नो पापले आफैलाई पक्री नरकमा लैजान्छ। अनि नरकमा परेपछि कसले बचाउन सक्छ? यसैकारण अरू मानिसको मरणजस्तै येशू काल आएर मर्नुभएको पनि होइन तर सबै मानिस जतिका पापका ज्याला नरकको दण्ड चुक्ता गर्न येशू ख्रीष्ट क्रूसमा पवित्र बलिदान हुनुभयो। उहाँले भन्नुहुन्छ, हे सबै पापका बोझ र परिश्रमले बेसरी लादिएकाहो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। के तपाईं आफ्नो पापको बोझबाट मुक्ति पाउन चाहनुहुन्न?

बाइबलले हामीलाई सत्यतामा रहेर देश–नरेशको आदरसाथ सेवा गर्नु भनी सिकाउँदछ। धर्म परिवर्तन गर्नु–गराउनु भन्ने कुरा बिलकुलै होइन, तर पापलाई धुने प्रभु येशू ख्रीष्टको बलिदानको पवित्र रगतले मात्र हुन्छ भनी लेखिएको छ। लिङ्ग, वर्ण, भाषा, जाति र धर्ममा कुनै पनि पक्षपात नहुने भएकोले प्रकृतिले दिएको कसैको करकापमा नपरी व्यक्तिगत स्वेच्छापूर्वक विवेकले मान्न पाउने भएकोले सत्य परमेश्वरलाई आत्मा र सत्यतामा सेवा–भक्ति गर्नु बिलकुलै अपराध होइन, धर्म परिवर्तन गर्नु गराउनु पनि होइन। पापबाट जय दिनुहुने यीशुलाई विश्वास गर्नुचाहिँ धर्म त्याग्नु वा बदल्नु भन्ने कुरा हुँदै होइन। तर पवित्र बाइबलमा मानिसको हृदयमा लागेका पापको रोगलाई प्रष्टसँग देखाइदिने र मेटाइदिने सामर्थ भएको हुनाले पापीहरू डराउँछन् र विरोध गर्छन्। पापकर्म गर्नलाई धन, बल र समय खर्च गर्नुपर्छ तर त्यस्ता कुराहरूबाट बाँच्न दान–दक्षिणा दिनु नपर्ने गरी परमेश्वरले पापीहरूका लागि यस्तो सरल मुक्तिको बन्दोबस्त गरिदिनुभएको छ, त किन भ्रममा पर्नुहुन्छ? बिलम्ब नगर्नुहोस्। उद्धारको समय अहिले नै हो। प्रभु येशूमाथि विश्वास गरेर उहाँको प्रेम मृत्युचाहिँ निश्चित छ। पापको क्षमा नपाई मृत्यु भयो भने कहाँ जाने? आत्मा अमर छ, तर पाप डुबेको आत्मा कहाँ पुग्छ? सबैभन्दा भयङ्कर दण्ड नरकको दण्ड हो, तर सबैभन्दा ठूलो दान सित्तैमा पाइने मुक्तिदान हो। राम्ररी सोची निर्णय गर्नुहोस्। कठोर नगरी चाँड़ै हृदय–द्वार खोल्नुहोस्। येशूलाई आफ्नो व्यक्तिगत मुक्तिदाता भनी अपनाउनुहोस्। साँचो शान्ति अनि अनन्त जीवन पाउनुहोस्। अरूलाई पनि पढ्न दिनुहोस्। अहिलेसम्म धर्मकर्म गरेर मुक्ति पाउनुभएको छैन भने वा पाप लागेको आत्मा बदलिएको छैन भने अहिल्यै आफ्नो पापलाई पश्चात्ताप गरी मुक्तिदाता यीशुलाई विश्वास गर्नुहोस्। अनि अनन्त जीवन पाई सधैं रमाउनुहोस्।


यो पर्चा कसैको धर्म परिवर्तन गर्न वा कसैको विश्वास र आस्थामाथि चोट पुऱ्याउन नभई परमेश्वरको प्रेम, उद्धार, क्षमा, शान्तिको सन्देश सबै जातजाति, भाषाका मानिसहरूलाई बताई सत्यको ज्ञानमा ल्याउनका लागि हो।

यस महान् मुक्तिको विषयमा राम्ररी जान्नलाई निम्नांकित ठेगानामा कृपया पत्र तथा फोनद्वारा सम्पर्क राख्नु सक्नुहुनेछ।

कनान प्रेयर हाउस बुद्धनगर, काठमाण्डौं, नेपाल। ०१ ५३१२५८०

Download PDF